Sagun Khabar
बाढीले बाटो भत्काउँदा बैतडीको हरिनगर बजार पुग्न समस्या

बैतडी-बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित हरिनगर बजार पुग्ने बाटो चमेलिया नदीको बाढीले भत्काएपछि स्थानीयहरुलाई समस्या भएको छ । गत कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण नदीमा आएको बाढीले गोकुलेश्वर पुल ठोक्करदेखि हरिनगर बजार सम्म पुग्ने बाटो बगाएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए ।

बाटो बगाएपछि आवताजवतमा निकै समस्या भएको छ । सोही बाटो भएर डिलाशैनीको धामी गाउँ, मठैराज लगायतका क्षेत्रमा जाने गरेको भएपनि बाटो भत्किएपछि ओहोरदोहर गर्न निकै समस्या भएको उनले बताए । 

Atrya hospital

हरिनगर बजारका व्यापारीहरुलाई बजारमा सामग्री पुर्याउन समेत समस्या भएको स्थानीय व्यापारी भक्तराज जोशीले बताए  । बाटो नभएकै कारण सामग्री ढुवानीमा समस्या भएको उनले बताए । 

कार्तिक पहिलो साता भत्किएको बाटो पुननिर्माणका लागि अहिले सम्म कसैले चासो नदिएको अर्का व्यापारी रमेश कार्कीले बताए । कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले बैतडीका विभिन्न स्थानका बाटोघाटोमा क्षति पुर्याउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update