Sagun Khabar
बैतडीमा ७ दिनदेखि लेन्थवर्कर अनसनमा,दैनिक सडक अवरुद्ध गर्ने चेतावनी 

बैतडी–बैतडीको पाटन –पञ्चेश्वर सडकका लेन्थवर्कर गएको सातदिन देखि अनसनमा बसेका भएपनि उनीहरुका माग सम्बोधनका बिषयमा छलफल भएको छैन् । आज सम्म माग सम्बोधन गर्ने हिसाबले छलफल गर्ने भनेको भएपनि कसैले चासो नदिएको लेन्थवर्कर जयराम भुलले बताए । 

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने १२ जना लेन्थवर्करहरुले गएको दुई बर्षदेखि पारिश्रमिक नपाएको भन्दै यही मंसिर १ गतेदेखि अनसन शुरु गरेका थिए । पाटन –पञ्चेश्वर सडकको जिरो पोइन्टमा अनसन बसेका लेन्थवर्कहरुले माग पूरा नभएकाले दैनिक सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । ‘हामीलाई आज सम्म केही निकास निस्किन्छ भन्ने आश्वासन दिएको थियो । तर अहिले सम्म कुनै पहल भएको छैन् । त्यसैले हामीले अब सडक अवरुद्ध गर्छौैं ।’लेन्थवर्कर घनश्याम भट्टले भने, ‘प्रदेश सरकारले हाम्रो रोजीरोटीमाथि लात हानेको छ । हामी पीडित भएर सडकमा पुगेका हौं । हाम्रो माग सम्बोधनका लागि कसैले पहल गरेका छैनन् ।’

Atrya hospital

लेन्थवर्करहरु गएको असार पनि २१ दिन लामो अनसनमा बसेका थिए । त्यो बेला उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको भएपनि माग सम्बोधन नभएको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । 

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करका बिषयमा अहिले सम्म कुनै निती नबनेकाले जिल्ला तहबाट उनीहरुका माग सम्बोधन गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका बैतडीका निमित्त प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले लेन्थवर्करका बिषयमा अहिले सम्म कुनै नीति निर्देशिका बनाएको छैन् । त्यसैले उनीहरुका माग सम्बोधनका लागि जिल्ला तहबाट केही पहल गर्न सकिने अवस्था छैन् ।’

लेन्थवर्करका समस्याका बिषयमा भने मन्त्रालयलाई लिखित जानकारी गराईसकेको खत्रीले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update