बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आज बिहान साढे १० बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सम्पन्न भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।
बैतडीमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ प्रतिनिधिले भोट हालेका छन् । मतदान सम्पन्न भएपछि राती नै मतगणनाको तयारी भएको निर्वाचन समितिले जनाएको छ ।
बैतडीमा शिवराज भट्टको नेतृत्वमा संस्थापन पक्ष र चतुरबहादुर चन्दको नेतृत्वमा पौडेल पक्ष चुनावी मैदानमा रहेको छ । चन्द प्यानललाई पौडेल पक्ष भने पनि उनीहरुले आफूहरु संयुक्त संस्थापन पक्ष भएको दाबी गरेका छन् । सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द चुनावी मैदानमा छन् ।
यस्तै भट्ट प्यानलबाट उपसभापति पदका लागि बीरबहादुर बिष्ट र हरिसिंह धामी चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट रमेश पाण्डेय र खगेन्द्रसिंह धामी चुनावी मैदानमा छन् ।
यस्तै भट्ट प्यानलबाट सचिव पदका लागि रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट प्रेमबहादुर चन्द र देवराज जोशी चुनावी मैदानमा छन् ।
यस्तै सहसचिवमा पदमा भट्ट प्यानलबाट रमेश कोली र घनश्याम भट्ट चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड चुनावी मैदानमा छन् ।