Sagun Khabar
कांग्रेस महाधिवेशन : बैतडीमा मतगणना शुरु 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा मतगणना शुरु भएको छ । जिल्ला नेतृत्वका लागि संस्थापन पक्ष र पौडेल पक्ष अलग अलग चुनावी मैदानमा छन् । सस्थापन पक्षका तर्फबाट शिवराज भट्ट नेतृत्वको प्यानल रहेको छ भने पौडेल पक्षका तर्फबाट चतुरबहादुर चन्दको प्यानल रहेको छ । यद्यपि चन्द प्यानलले आफूहरु संस्थापन संयुक्त प्यानल भएको दाबी गरिरहेका छन् । 

मंगलबार साँझ साढे ६ बजे मतदान सम्पन्न भएपछि राती साढे १० बजेदेखि मतगणना कार्य शुरु भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए । बैतडीमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ जनाले मतदान गरेका छन् । 

Atrya hospital

सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द चुनावी मैदानमा छन् । 

यस्तै भट्ट प्यानलबाट उपसभापति पदका लागि बीरबहादुर बिष्ट र हरिसिंह धामी चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट रमेश पाण्डेय र खगेन्द्रसिंह धामी चुनावी मैदानमा छन् । 

यस्तै भट्ट प्यानलबाट सचिव पदका लागि रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट प्रेमबहादुर चन्द र देवराज जोशी चुनावी मैदानमा छन् । 

यस्तै सहसचिवमा पदमा भट्ट प्यानलबाट रमेश कोली र घनश्याम भट्ट चुनावी मैदानमा छन् भने चन्द प्यानलबाट दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update