बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा चतुरबहादुर चन्दले अग्रता लिएका छन् । २ सय मतगणना हुँदा चतुरबहादुर चन्दले ११२ र शिवराज भट्टले ७९ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापति पदमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ९५, रमेशदत्त पाण्डेयले ८८ मत प्राप्त गरेका छन् । उपसभापति पदमा भट्ट प्यानलका बीरबहादुर बिष्टले १०८ र हरिसिंह धामीले ८७ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भट्ट प्यानलका रमेशसिंह भण्डारीले १०२ र कर्णबहादुर बोहराले ९१ मत प्राप्त गरेका छन् । यस्तै चन्द प्यानलका प्रेमबहादुर चन्दले ९२ र देवराज जोशीले ९२ मत प्राप्त गरेका छन् ।
यस्तै सहसचिव पदमा भट्ट प्यानलका रमेश कोलीले ९४ र घनश्याम भट्टले ८५ मत प्राप्त गरेका छन् । यस्तै चन्द प्यानलका दिपेन्द्रबहादुर चन्दले १ सय र दशरथसिंह चाडले ९६ मत प्राप्त गरेका छन् ।
अहिले पनि मतगणना जारी रहेको छ । आज भएको मतदानमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ जनाले मतदानमा भाग लिएका थिए ।