बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा चतुरबहादुर चन्दले अग्रता कायमै रहेको छ । ५ सय मतगणना हुँदा चतुरबहादुर चन्दले २९२ र शिवराज भट्टले १९१ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापति पदमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले २२४ र रमेशदत्त पाण्डेयले २२९ मत प्राप्त गरेका छन् । उपसभापति पदमा भट्ट प्यानलका बीरबहादुर बिष्टले २६७ र हरिसिंह धामीले २०२ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भट्ट प्यानलका रमेशसिंह भण्डारीले २३६ र कर्णबहादुर बोहराले २०३ मत प्राप्त गरेका छन् । यस्तै चन्द प्यानलका प्रेमबहादुर चन्दले २४० र देवराज जोशीले २२० मत प्राप्त गरेका छन् ।
यस्तै सहसचिव पदमा भट्ट प्यानलका रमेश कोलीले २२५ र घनश्याम भट्टले २०५ मत प्राप्त गरेका छन् । यस्तै चन्द प्यानलका दिपेन्द्रबहादुर चन्दले २४६ र दशरथसिंह चाडले २३८ मत प्राप्त गरेका छन् ।
अहिले पनि मतगणना जारी रहेको छ । आज भएको मतदानमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ जनाले मतदानमा भाग लिएका थिए ।