Sagun Khabar
महाकाली किनारका बासिन्दालाई खानेपानीकै पिरलो 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाका महाकाली किनारका बासिन्दालाई जहिले पनि खानेपानीकै समस्याले पिरोलेको छ । महाकाली नदी किनाराका बासिन्दाहरुलाई खानेपानीको निकै समस्या भएको शिवनाथ गाउँपालिका १ मटेलाका रुपसिंह साउँदले बताए । उनले भने ‘हामीलाई जहिले पनि खानेपानीकै समस्या हुने गरेको छ । गाउँमा खानेपानी नहुँदा महाकालीकै पानी प्रयोग गर्नुपर्ने बाध्यता रही आएको छ ।’

महाकाली किनारका बासिन्दाहरुले खानेपानीका लागि महाकालीमै भरपर्नुपर्ने बाध्यता रही आएको स्थानीय धनसिंह साउँदले बताए । महाकाली किनारका पसलेहरु पनि महाकालीकै पानी खानेपानीको रुपमा प्रयोग गर्दै आईरहेका छन् । ‘हामी जहिले महाकालीकै पानी प्रयोग गर्नुपरीरहेको छ । बर्षातको समयमा झन् समस्या हुने गरेको छ ।’

Atrya hospital

महाकाली किनारका बासिन्दाहरु खानेपानीका लागि महाकालीकै पानी प्रयोग गर्न बाध्य भएका स्थानीय बल्देवसिंह चाडले बताए । घाटबाट ओहोरदोहर गर्नेहरुले समेत महाकालीकै पानी प्रयोग गर्नुपर्ने बाध्यता रही आएको छ । ‘घाट नजिक भएका पसलहरुले महाकालीकै पानी प्रया्ेग गर्ने भएकाले ग्राहकहरुले पनि सोही पानी प्रयोग गर्नुपर्ने बाध्यता रही आएको छ ।’स्थानीय केशव साउँदले भने, ‘महाकाली किनारका बासिन्दाहरुलाई जहिले पनि खानेपानीकै समस्या रहेको छ । स्थानीय सरकारले समेत पहल गरेको छैन् ।’

शिवनाथ गाउँपालिकाले पनि तटीय क्षेत्रका आधारभूत समस्या समाधानमा ध्यान नदिएको स्थानीय गीता साउँदले बताइन् । उनले भने ‘सरकार आएको ५ बर्ष भईसकेको छ । तर हाम्रा समस्या ज्यूँकात्यूँ रहेका छन् । हाम्रा समस्या समाधान स्थानीय सरकार उदासीन छ ।’

आधारभूत स्वास्थ्य सेवा हेर्ने अधिकार संविधानतः स्थानीय तहलाई छ । तर महाकाली किनारका बासिन्दाहरुको स्वास्थ्यसंग जोडिएको खानेपानीको बिषयमा स्थानीय सरकारले ध्यान नदिएको पाइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपनि आफ्ना समस्या समाधानमा कसैले ध्यान नदिएको स्थानीय मैनादेवी चाडले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update