कैलाली–कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका ७ का ५५ वर्षीय देव बहादुर बोहराको मृत्यु भएको हो ।
शिकारी समूहले वन्यजन्तुको शिकार गर्न सुनपाल सामुदायिक वनमा बिच्छाएको विद्युतीय धरापमा परी बोहराको मृत्यु भएको प्रहरीले बताएको छ ।मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८ १६:३३
प्रतिक्रिया दिनुहोस्