Sagun Khabar
कांग्रेस बैतडीको सदस्यमा २१ बर्षीया ऐरी सर्वसम्मत चयन 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको खुल्ला महिला सदस्यमा पुर्चौंडी नगरपालिकाबाट २१ बर्षीया वागमती ऐरी सर्वसम्मत चयन भएकी छिन् । 

पुर्चौंडी नगरपालिकाको खुल्ला महिला कोटाबाट उनी जिल्ला सदस्यका लागि चयन भएकी हुन् । युवाहरुले राजनीति मार्फत समाजसेवामा लाग्नु आवश्यक रहेकाले आफू नेपाली कांग्रेसको राजनीतिमा लागेको उनले बताइन् । उनले भनिन् ‘युवाहरुले राजनीति मार्फत समाजसेवालाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले म राजनीतिमा लागेकी हुँ । अबका दिनमा पनि सबैको सहयोग पाउने आसा गरेकी छु ।’

Atrya hospital

महिलाहरुको राजनीतिमा पहुँच बढाउनका लागि आफू खुल्ला महिला सदस्यका लागि उम्मेद्वार बनेको र सबैले सर्वसम्मत चयन गरेको ऐरीले बताइन् । जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि अब पार्टीको संगठनमा महिलाको सहभागिता बढाउन आफूले काम गर्ने उनले बताइन् । 

आगामी दिनमा जनप्रतिनिधिका लागि चुनाव लड्ने आफ्नो इच्छा रहेको ऐरीले बताइन् । कांग्रेसको हालै सम्मन अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update