बैतडी –नेकपा एकीकृत समाजवादीले बैतडीमा संगठन विस्तार अभियान जारी राखेको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटि गठन गर्ने कार्य जारी रहेको नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्टले जानकारी दिए ।
अहिलेसम्मद दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा पालिकास्तरीय कमिटि गठन गरिसकिएको बिष्टले जानकारी दिए । शुक्रबार मात्रै पुर्चौंडी नगरपालिकामा ५१ सदस्यीय नगरकमिटि गठन गरिएको उनले बताए ।
रमेशबहादुर बोहराको अध्यक्षतामा गठन गरिएको कमिटिको उपाध्यक्षमा प्रेमबहादुर साउँद र नरेन्द्र बिष्ट रहनुभएको छ । यस्तै सचिवमा विरेन्द्रबहादुर ऐर, उपसचिवमा प्रेमसिंह धामी, जनकबहादुर धानुक र बृख धामी लगायत अन्य सदस्यहरु रहेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिकामा १४ गते र दोगडाकेदारमा १५ गते कमिटि गठन गर्ने तयारी भएको बिष्टले बताए ।