बैतडी –नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले कोरोना भाइरसको महामारीबाट जोगिनका लागि अपनाउनुपर्ने उपायका बारेमा पालिकाका स्वयंसेवकहरुसंग छलफल सम्पन्न गरेको छ ।
कोरोना भाइरसको महामारी अझै पनि नसकिएकाले पालिकास्तरमा गर्नुपर्ने तयारी लगायतका बिषयमा आज छलफल भएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका लेखापाल दिनेशप्रसाद जोशीले बताए ।
कोभीड नियन्त्रणका लागि गर्नुपर्ने उपाय, स्वयंसेवक परिचालन लगायतका बिषयमा छलफल भएको उनले बताए । यस्तै विपद्का क्षेत्रहरुको पहिचान गरी पूर्वतयारी कसरी गर्ने भन्ने बिषयमा पनि छलफल भएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८ १७:३६
प्रतिक्रिया दिनुहोस्