बैतडी–नेकपा माओवादी केन्द्र बैतडीले दोगडाकेदार र सिगास गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा उद्धव धामी,लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रविन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।
अन्य पालिकाहरुमा पनि मंसिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ ।