बैतडी–नेकपा माओवादी केन्द्र पुर्चौंडी नगर कमिटिको अध्यक्षमा आनन्दसिंह धामी चयन भएका छन् । माओवादी केन्द्रको पुर्चौंडी नगर सम्मेलनले धामीको अध्यक्षतमा ६५ सदस्यीय नगर कमिटि चयन गरेको नेकपा माओवादी केन्द्रका नेता कृष्णप्रसाद बडु (भास्कर)ले जानकारी दिए ।
नगर सम्मेलनको आज भएको बन्द सत्रले सर्वसम्मत रुपमा नयाँ नगर कमिटि चयन गरेको हो । सो कमिटिको उपाध्यक्षमा उज्वलसिंह साउँद, लीला जोशी र मने लुहार, सचिवमा धर्मानन्द बडु, सहसचिवमा निराजन ढुंगाल, कोषाध्यक्षमा पुष्कर बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
माओवादी केन्द्रले मंसिर २५ गते अघि नै पालिका सम्मेलन गरिसक्ने लक्ष्य लिएको छ । सोही अनुसार पालिकाहरुको सम्मेलन भईरहेको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले बताए । अहिले सम्म दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा सम्मेलन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको उनले बताए ।