बैतडी –माओवादी केन्द्रको स्कुल विभागमा बैतडीका रेणु चन्द सहित सुदूरपश्चिमका तीन जनालाई मनोनित गरिएको छ । रेणु चन्द, गोकर्ण भट्ट र खगेन्द्र जोशी सुदूरपश्चिमबाट स्कुल विभागमा अटाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्चार्ज रहेको स्कूल विभागको अध्यक्ष नेता गिरिराजमणि पोखरेल रहेका छन् । नेकपा माओवादी केन्द्रले सबै विभागलाई पूर्णता दिएको छ ।
स्कुल विभागमा मनोनित बैतडीका चन्द संविधान सभा सदस्य हुन् । स्कूल विभागमा मनोनित भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ ०८:१७
प्रतिक्रिया दिनुहोस्