बैतडी–नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोलतर्फ ६ जना पुरुष केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । बैतडीका लिलाधर भट्ट सहित राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना र भैरवबहादुर सिंह केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
सुदूरपश्चिम भुगोल तर्फका केन्द्रिय सदस्यका लागि ९ जनाको उम्मेद्वारी परेकोमा तीनजनाले उम्मेद्वारी फिर्ता लिएपछि ६ जना निर्विरोध निर्वाचित भएका नवनिर्वाचित केन्द्रिय सदस्य भट्टले बताए ।
सुदूरपश्चिम भुगोल तर्फ केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका डा.दीपकप्रसाद भट्ट, सहदेव बोगटी र कृष्णप्रसाद जैशीले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
केन्द्रिय सदस्यमा निर्वाचित भएका बैतडीका लिलाधर भट्ट सुदूरपश्चिम प्रदेशसभा सदस्य पनि हुन् । उनी बैतडीको प्रदेशसभा (ख) क्षेत्रबाट गएको निर्वाचनमा निर्वाचित भएका थिए ।