Sagun Khabar
बैतडीको सिगासमा कालपोखरी जात्रा सम्पन्न 

बैतडी–बैतडीको सिगास गाउँपालिका वडा नं ४ र ८ सीमानमा अवस्थित कालपोखरी कैलपाल मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । हरेक बर्ष मंसिर कृष्ण दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने र मंसिर कृष्ण एकादशीका दिन जात्रा समापन हुने गरेको स्थानीय राजेन्द्र साउँदले बताए । 

कैलपाल देवताको उत्पत्ति भएको विश्वास गरिएको सो ठाउँमा हरेक बर्ष लाग्ने जात्रामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् । कैलपाल देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको साउँदले बताए । 

Atrya hospital

मंसिर कृष्ण दशमीको दिन सिगास गाउँपालिका वडा नं ४ रक्सौन र वडा नं ९ चौखामबाट सो मन्दिरमा जात्रा जाने गर्दछ । मन्दिरमा जात्रा पुगेपछि राती बिशेष पूजाआजा हुने गरेको साउँदले बताए । 

यस्तै कालपोखरी मन्दिरको जात्रामा ड्यौडा समेत हुने गरेको छ । स्थानीय कलाकारहरुका बीचमा निकै रमाइलो ड्यौडा खेल हुने गरेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update