काठमाण्डौ – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गरे भने रावलले दुई सय १३ मत ल्याए ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराएका हुन् । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए ।
पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ १५:५४
प्रतिक्रिया दिनुहोस्