बैतडी –नेपाली कांग्रेस बैतडीको प्रदेश सभा ‘ख’ अन्तर्गत क्षेत्रीय सदस्यमा डिलासैनीका अनिलकुमार बिष्ट मनोनित भएका छन् । नव निर्वाचित क्षेत्रीय सभापति शिवराज भट्टले मंगलबार विष्टलाई क्षेत्रीय सदस्यमा मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) परिच्छेद ३ धारा १० को उपधारा ४ (ख) बमोजिम बिष्टलाई क्षेत्रीय सदस्यमा मनोनित गरिएको क्षेत्रीय कार्य समिति सचिव धनबहादुर क्षेत्रीले बताए । नेपाली कांग्रेसको विधान अनुसार थप सदस्य मनोनित गरिने सचिव क्षेत्रीले बताए ।
बिष्ट डेढ दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ १६:१२
प्रतिक्रिया दिनुहोस्