Sagun Khabar
माओवादी केन्द्र पाटनको अध्यक्षमा ठगुन्ना 

बैतडी –नेकपा माओवादी केन्द्र पाटन नगरकमिटिको अध्यक्षमा तर्क ठगुन्ना चयन भएका छन् । आज सम्पन्न भएको नगर सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि गठन गरेको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए । 

यस्तै कमिटिको उपाध्यक्षमा पूजा भट्ट, कृष्ण भाट र कृष्ण पन्त चयन भएका छन् । नगरकमिटिको सचिवमा गजेन्द्र बोहरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा चन्द्रा पाण्डेय चयन भएका छन् । 

Atrya hospital

यो संगै बैतडीका ४ ओटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पालिकास्तरीय कमिटि गठन गरिसकेको छ । यसअघि दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा कमिटि गठन गरिसकिएको छ भने आज पाटनमा कमिटि गठन गरिएको हो । 

मंसिर २५ गते अघि नै पालिकास्तरीय सम्मेलन सम्पन्न गर्ने लक्ष्य रहेको नेकपा माओवादी केन्द्र बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update