Sagun Khabar
नेकपा (एस)को सुर्नया अध्यक्षमा दिनेश भट्ट
Atrya hospital

बैतडी– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्नया गाउँपालिका कमिटिको अध्यक्षमा दिनेश भट्ट चयन भएका छन् । मंगलबार सम्पन्न भएको अधिवेशनले भट्टको अध्यक्षतामा ६५ सदस्यीय गाउँपालिकास्तरीय कमिटि गठन गरेको हो । 

यस्तै कमिटिको उपाध्यक्षमा कर्णबहादुर बिष्ट र कृष्णदत्त भट्ट चयन भएका छन् । यस्तै सचिवमा लोकबहादुर बिष्ट तथा सहसचिवमा गौरी भट्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

नेकपा एसको सुर्नया अधिवेशनमा पार्टीका पोलिटब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रिय सदस्य माया भट्ट, केन्द्रिय सदस्य नरेन्द्र बिष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update