बैतडी–आज सुदूरपश्चिम सहित देशका विभिन्न ठाउँमा भारी हिमपात हुने सम्भावना रहेको छ । मौसमविद्हरुले सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात हुने सम्भावना रहेको बताएका हुन् । यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्को भनाई छ ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुने मौसमविद् सजिना शाक्यले बताइन् ।
यस्तै, आज देशका केही पहाडी क्षेत्रमा हल्का वर्षासमते हुने उनले बताइन् । हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा अझै घट्ने र चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।