बैतडी –नेकपा माओवादी केन्द्र दशरथचन्द नगरपालिकाको नगरकमिटि अध्यक्षमा गोपाल बोहरा सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न भएको नगर सम्मेलनले बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा प्रकाश बोहरा, विष्णु पुजारा र विष्णु जोशी रहेका छन् ।
यस्तै सचिवमा प्रकाश महर,सहसचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा करण कार्की लगायत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै हरिना नाथको अध्यक्षतामा ३९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नगर कमिटि पनि चयन भएको छ । सो कमिटिको उपाध्यक्षमा कमला लुहार, वसन्ती जोशी र पार्वती ऐर बिष्ट रहेका छन् ।
यस्तै कमिटिको सचिवमा माया बोहरा, सहसचिवमा राजमती लुहार, कोषाध्यक्षमा पार्वती लुहार लगायत अन्य सदस्य रहेका अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का बैतडी इन्चार्ज स्वेता भट्टले जानकारी दिइन् ।
नेकपा माओवादी केन्द्रले अहिले जिल्लाभरी संगठन विस्तारको अभियान जारी राखेको छ । अहिले सम्म ५ ओटा स्थानीय तहमा नयाँ कमिटि चयन भईसकेका उनले बताइन् । दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा कमिटि गठन भएका हुन् ।
बिहीबार सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा पालिका सम्मेलन हुने भट्टले बताइन् । मंसिर २५ गते अगाडि नै जिल्लाका सबै पालिकामा सम्मेलन गरिसक्ने माओवादी केन्द्र बैतडीले जनाएको छ ।