बैतडी – नेकपा (एकीकृत समाजवादी) ले पालिकास्तरीय अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्य जारी राखेको छ । बुधबार बैतडीको दोगडाकेदारमा भएको अधिवेशनले लक्ष्मीदत्त जोशीको अध्यक्षतमा ५१ सदस्यीय गाउँपालिकास्तरीय कमिटि गठन गरेको छ ।
सो कमिटिको उपाध्यक्षमा प्रतापसिंह महरा र वेदप्रकाश जोशी, सचिवमा गणेश पार्की, उपसचिवमा लक्ष्मीदत्त जोशी लगायत अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनमा नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट, प्रदेश उपसचिव माया भट्ट र दीर्घ सोडारी, केन्द्रिय सदस्य नरेन्द्र बिष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
एकीकृत समाजवादीले बैतडीका ५ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको हो ।