बैतडी –नेकपा माओवादी केन्द्र सुर्नयाको अध्यक्षमा रामबहादुर बिष्ट चयन भएका छन् । बिहीबार सम्पन्न गाउँपालिका सम्मेलनले बिष्टको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की जिल्ला इन्चार्ज स्वेता भट्टले बताइन् ।
सो कमिटिको उपाध्यक्षमा रामबहादुर कुँवर, दशरथ चन्द र केशव बिष्ट, सचिवमा महादेव भट्ट, सहसचिवमा पूर्ण बिष्ट, कोषाध्यक्षमा हेमा भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
यो संगै नेकपा माओवादी केन्द्रले जिल्लाका ७ ओटा स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न गरेको छ । मंसिर २५ गते अघि नै पालिका सम्मेलन गरिसक्ने माओवादी केन्द्र बैतडीका संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ ०७:१५
प्रतिक्रिया दिनुहोस्