बैतडी –नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट बीरबहादुर बलायर सर्वसम्मत उम्मेद्वार चयन भएका छन् । संस्थापन इतर पक्षबाट भने सभापतिका लागि नारायणदत्त मिश्रको उम्मेद्वारी रहेको छ ।
संस्थापन पक्षले प्रदेशको उपसभापतिमा लोकराज अवस्थी (बैतडी), जनक चौधरी (कैलाली) महामन्त्री पदमा नरनारायण शाह (कैलाली), मेघराज खड्का (अछाम), सह–महामन्त्रीमा अम्बिका चलाउने(अछाम) र गोपालदत्त भट्ट (कञ्चनपुर) लाई उम्मेदवार बनाएको छ ।
यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट भएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि दुवै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् ।