Sagun Khabar
सुर्नया गाउँपालिकाले सूचना उपलब्ध नगराएको आरोप 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले सूचना नदिएको आरोप लागेको छ । सुर्नया गाउँपालिका–२ निवासी देवबहादुर चन्दलाई गाउँपालिका कार्यालयले सूचना नदिएको आरोप लागेको हो । उनले पहिलो पटक पालिकासंग सूचना मागेका थिए । गाउँपालिकाले सूचना नदिएको बिषयमा राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए । सूचना आयोगले समेत गाउँपालिकालाई सूचना उपलब्ध गराउन पत्र लेखे पनि गाउँपालिकाले सूचना नदिएको चन्दले बताए । 

उनले गाउँपालिकाले सूचना नदिएपछि आयोगमा पुनरावेदन गरेको र आयोगले गाउँपालिकाको नाममा ७ दिनभित्र लिखित व्यहोरा पठाउन भनि पत्र पठाएको बताए । पत्र पठाएपछि पनि गाउँपालिकाले सूचना नदिएपछि आयोगले दोस्रो पटक पत्र पठाउँदा पनि सूचना उपलव्ध नगराएको चन्दले बताए । 

Atrya hospital

राष्ट्रिय सूचना आयोगले पुनरावेदकलाई सूचना उपलब्ध गराउन भन्ने आदेश दिएको भएपनि गाउँपालिकाले भने सो आदेश नटेरेको चन्दले बताए । 

यो बिषयमा सुर्नया गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र धामीले आयोगले भने अनुसारका कागजपत्र तयारी अवस्थामा रहेको र पुनरावेदकलाई बुझाइने बताए । चन्द अहिले जिल्ला बाहिर रहेकाले उनलाई बुझाउन नसकिएको तर आयोगले भने अनुसारको सूचनाका कागजपत्र तयार रहेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १९:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update