बैतडी –नेपाली कांग्रेसका युवा नरेन्द्रप्रसाद भट्टले प्रदेशको सहमहामन्त्री पदमा उम्मेद्वारी दिएका छन् । बैतडीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका भट्टले संस्थापन इतर समूहबाट सहमहामन्त्री पदमा उम्मेद्वारी दिएका हुन् ।
२०४८ सालदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भट्टले दोश्रो जनआन्दोलनमा ४५ दिन जेल जीवन समेत बिताएका थिए । उनले नेपाली कांग्रेसलाई गतिशील बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ १९:२५
प्रतिक्रिया दिनुहोस्