Sagun Khabar
गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउने निर्णय 
Atrya hospital

बैतडी —बैतडीमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय सभा (सीनेट बैठक) ले  आंगिक क्याम्पस बनाउने निर्णय भएको छ । शुक्रबार काठमाडौंमा भएको सभाले गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयले आंगिक क्याम्पस बनाउनका लागि प्रक्रिया थालेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । कृषि क्याम्पस सञ्चालन कार्यविधि बनाएर गोकुलेश्वर कृषि क्याम्पस विश्वविद्यालयको ७औं आंगिक क्याम्पस बन्न लागेको हो । यसअघि सुदूरपश्चिमका ६ क्याम्पसलाई आंगिक बनाइएको थियो ।  गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई आंगिक क्याम्पस बनाउने निर्णयसंगै विद्यार्थीहरुले सस्तो शुल्कमा पढ्न पाउने क्याम्पसले जनाएको छ । 

गोकुलेश्वर क्याम्पसमा अहिले कृषि विज्ञान विषयको पढाई हुन्छ । क्याम्पस २०६७ सालमा स्थापना भएको थियो । क्याम्पसमा अहिले १ सय ९६ विद्यार्थी अध्ययनरत छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update