बैतडी –नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ दोगडाकेदार बैतडीको अध्यक्षमा गोमती लावड (लुहार) चयन भएकी छिन् । शनिबार सम्पन्न भएको अधिवेशनले गोमती अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको हो ।
सो कमिटिको उपाध्यक्षमा वागमती बिष्ट (साउँद), सचिवमा सरस्वती बिष्ट, उपसचिवमा कमला भुल, कोषाध्यक्षमा मञ्जु बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८ १९:०८
प्रतिक्रिया दिनुहोस्