बैतडी –बैतडीका एक युवकको कतारमा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ धुलिधारका २६ बर्षीय भगीरथ बिष्टको काम गर्दै गर्दा मेसिनमा च्यापिएर मृत्यु भएको हो ।
रोजगारीका लागि ४ बर्ष अघि कतार गएका बिष्टको ३ दिन अघि मेसिनमा च्यापिएर मृत्यु भएको उनका भाई धनबहादुर बिष्टले बताए ।
आगामी चैतमा घर आउने योजना बनाएका बिष्टको मेसिनमा च्यापिएर मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । बिष्टको घरमा श्रीमति र भाउजु रहेका छन् ।
‘चैतमा घर आउने योजना थियो । एक्कासी यस्तो घटना भयो ।’मृतकका भाई धनबहादुर बिष्टले भने, ‘अब शव नेपाल ल्याउने प्रक्रिया चालेका छौं ।श्रम मन्त्रालयमा निवेदन दर्ता गर्ने तयारी गरेको छु । उताबाट पनि शव पठाउने प्रक्रिया शुरु भएको छ ।’
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८ २०:१३
प्रतिक्रिया दिनुहोस्