कैलाली – नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले विजयी भएका हुन् ।
९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३७९ पुगेको छ ।
बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन् । उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जित सुनिश्चित भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ १०:५८
प्रतिक्रिया दिनुहोस्