Sagun Khabar
कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही र गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

काठमाण्डौ – नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित भएका छन् ।  

हिजो भएको चुनावबाट शाही सभापतिमा निर्वाचित  भएका हुन् । उनले ४ सय २२ मत ल्याएका छन् ।  

Atrya hospital

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ मत ल्याएका छन्  भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याएका छन् । 

चुनावमा जम्मा ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।

यस्तै गण्डकी प्रदेशमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । उनले ६ सय १३ मत प्राप्त गरेका छन् ।

सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए । त्यस्तै उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update