कैलाली –नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे ।
बलायर देउवा पक्षका हुन् भने मिश्र पौडेल पक्षका हुन् ।
यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन् ।
महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् ।
सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन् ।
सभापति
बिरबहादुर बलायर –६८८(विजयी)
नारायण दत्त मिश्र –२८०
उपसभापति
गोपाल सिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मन बहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिम बहादुर रावल–१२१
महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
राम बहादुर शाही –३०३
सहमहामन्त्री
गोपाल दत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३(विजयी)
नरेन्द्र प्रसाद भट्ट–२१२
पदम राज पन्त –२५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार–६८
सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३