कैलाली –नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि उनले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
आफ्नो पार्टीले तिनै तहका निर्वाचनलाई महत्वका साथ हेरेकाले सुदूरपश्चिममा पनि सोही अनुसार तयारीमा लाग्ने उनले बताए ।
नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रतिस्र्पधी नारायणदत्त मिश्रलाई फराकिलो मतान्तरले पराजित गर्दै बलायर कांग्रेस सुदूरपश्चिमको सभापतिमा निर्वाचित भएका हुन् ।
बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिस्र्पधी मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए । देउवा प्यानलबाट चुनाव लडेर बलायर कांग्रेस सुदूरपश्चिमको पहिलो सभापति बनेका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ १६:०२
प्रतिक्रिया दिनुहोस्