बैतडी –बैतडीमा आइतबार थप दुईजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिका ४ का १६ बर्षीय दुईजना किशोरीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
केही दिन पहिला सम्म कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको बैतडीमा अहिले ४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ १६:२३
प्रतिक्रिया दिनुहोस्