बैतडी –बैतडी घर भएका इन्जिनियर दिनेश भट्टले नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । बैतडीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका भट्टले कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
बैतडीमा सर्वाधिक दोश्रो लोकप्रिय मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका भट्टले कांग्रेसलाई सुदृढ बनाउन आफूले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषाणा गरेको बताए ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका केन्द्रिय सदस्य भईसकेका भट्टले अब पार्टीको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेको बताए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला आकांक्षीहरु आ –आफ्नो उम्मेद्वारी घोषणा गर्न थालेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८ ०८:३०
प्रतिक्रिया दिनुहोस्