बैतडी–नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिक आएका बेला बैतडी घर भएका ऐरले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
१३ औं महाधिवेशनमा पनि केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका ऐर त्यो बेला पराजित भएका थिए । अहिले भने सभापति शेरबहादुर देउवाको प्यानलबाट आफूले उम्मेद्वारी दिएको ऐरले बताए ।
नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन, संगठनलाई सशक्त बनाउन आफ्नो उम्मेद्वारी रहेको ऐरले बताए । उनले भने ‘मैले युवाहरुको नेतृत्व आउनुपर्छ भन्ने सन्देश सहित उम्मेद्वारी दिएको छु । सबै प्रतिनिधि साथीहरुले सहयोग गर्छन् भन्ने विश्वास गरेको छु ।’
यसअघि बैतडी घर भएका इन्जिनियर दिनेश भट्टले पनि केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । यो संगै बैतडीका दुई जना कांग्रेसको केन्द्रिय सदस्यका लागि आकांक्षी देखिएका छन् ।