बैतडी –नेकपा माओवादी केन्द्र मेलौलीको अध्यक्षमा भीमबहादुर चन्द चयन भएका छन् । आज भएको नगर सम्मेलनले चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि गठन गरेको छ । नगर कमिटिको बरिष्ठ उपाध्यक्षमा लोकमणी भट्ट, उपाध्यक्षमा तारा बिष्ट र सुरेश परियार रहेका छन् ।
यस्तै कमिटिको सचिवमा धरमसिंह दयाल, सहसचिवमा भवानीदत्त भट्ट, कोषाध्यक्षमा मनिषा दयाल लगायत अन्य सदस्यहरु रहेका छन् ।
संगठन विस्तारको अभियानमा रहेको माओवादी केन्द्रले बैतडीका १० ओटा स्थानीय तहमध्ये ८ वडामा पालिकास्तरीय कमिटि गठन गरिसकेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८ १७:१८
प्रतिक्रिया दिनुहोस्