Sagun Khabar
उपचारमा सहयोग गरेर जीवन जोगाउन बैतडीकी ११ बर्षीया दीपिकाको अपिल (भिडियो सहित)

बैतडी –बैतडीको पाटन नगरपालिका ९ गैराखानकी ११ बर्षीया दीपिका भाट अहिले कक्षा ५ मा पढ्छिन् । ५ महिना पहिला मात्रै बुवाको निधन भएपछि भाट परिवारमा अहिले हातमुख जोर्न निकै समस्या छ । त्यही बीचमा दीपिकाको फोक्सो र मुटुमा समस्या आएपछि अहिले उनकी आमा माया भाट निकै तनावमा छिन् । 

५ महिना पहिलामात्रै श्रीमान गुमाएकी मायालाई छोरी बचाउन मुस्किल भएको छ । छोरीलाई सास फेर्न गाह्रो हुन थालेपछि उनले मायामेट्रो अस्पताल धनगढीमा पुर्याएकी थिइन् । त्यहाँ डाक्टरले दीपिकाको मुटु र फोक्सोमा समस्या छ भनेपछि माया अहिले समस्यामा परेकी हुन् । 

Atrya hospital

उपचारका लागि रकम नभएकाले सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् । उनले भनिन् ‘मेरो जीउने आधार भनेको छोरा छोरी नै हुन । मेरो छोरीलाई बचाइ दिन आग्रह गर्दछु ।’

त्यस्तै ११ बर्षीया दीपिका भाटले आफूलाई बचाउन आग्रह गरिन् । उनले भनिन् ‘मलाई डाक्टरले कोहलपुर जान भनेका छन् । पैसा नभएर जान सकेको छैन् । म ठूली भएर मेरी आमाको आँसु पुछ्न चहान्छु । मलाई बचाइदिनोस ।’


 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update