काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ । यो समूहले राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।
शेखर कोइराला समूहमा उप(सभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दिएका छन् । चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८ १७:१४
प्रतिक्रिया दिनुहोस्