बैतडी –नेकपा एमालेले बैतडीमा अखिल नेपाल महिला संघको पालिकास्तरीय कमिटि गठनमा तिव्रता दिएको छ । बैतडीको मेलौलीमा सम्पन्न अधिवेशनले गोमा भट्टको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि गठन गरेको छ ।
सो कमिटिको उपाध्यक्ष चन्द्रा पुजारा,सचिवमा बिष्ना महर बिष्ट, सहसचिवमा लक्ष्मी ओझा,कोषाध्यक्षमा कस्तुरी नायक लगायत अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनमा अखिल नेपाल महिला संघका बैतडी इन्चार्ज सरस्वती नेपाली लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८ १७:३३
प्रतिक्रिया दिनुहोस्