बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीका ५ जनाले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । संस्थापन समूहका नजिक मानिने उत्तरबहादुर ऐर, हरिमोहन भण्डारी, दिनेश भट्ट र केशवबहादुर चन्दले उम्मेद्वारी दिएका हुन् ।
ऐर र भट्टले खुला केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन् भने भण्डारीले खस आर्य र चन्दले भुगोल तर्फको केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराएका नेविसंघ बैतडीका अध्यक्ष कपील केसीले बताए ।
यद्यपि यी चारै जना शेरबहादुर देउवाको टीममा अटाउन सकेका छैनन् । उनीहरुले प्यानल बिनै उम्मेद्वारी दिएका हुन् ।
यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले पनि केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएकी छिन् । शेखर कोइराला समूहबाट चन्दको उम्मेद्वारी दर्ता भएको नेपाली कांग्रेस बैतडी (ख) क्षेत्रका क्षेत्रीय सभापति शिवराज भट्टले बताए । चन्दले खसआर्य महिला कोटाबाट केन्द्रिय सदस्य उम्मेद्वारी दर्ता गरेको उनले बताए ।