बैतडी –नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा दामोदर भण्डारी मनोनित भएका छन् । नेकपा एमालेको दोश्रो केन्द्रिय कमिटिको बैठकले भण्डारीलाई सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले जानकारी दिए ।
बैतडीबाट निर्वाचित संघीय सांसद समेत रहेका भण्डारीलाई एमालेले प्रदेश कमिटिको अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै रिक्त रहेको सुदूरपश्चिम प्रदेश कमिटिको उपाध्यक्षमा अछामका कमल तिमिल्सना र सचिवमा कैलालीका धर्मराज पाठकलाई मनोनित गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पूर्णता पाएसंगै आगामी माघ ८ गते प्रथम प्रदेश अधिवेशन हुने केन्द्रिय सदस्य भट्टले बताए । अधिवेशनले प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १६:३५
प्रतिक्रिया दिनुहोस्