Sagun Khabar
बैतडीका ४ ओटा स्थानीय तहमा फोटो सहित मतादाता नामावली संकलन कार्य शुरु 

बैतडी–बैतडीका चारओटा स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको छ । फोटो सहितको मतदाता नामावली संकलन बिशेष कार्यक्रम दोश्रो चरणमा चारओटा स्थानीय तहमा आजदेखि सो कार्य शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । 

जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको हो । ती पालिकाका केन्द्रहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । 

Atrya hospital

आजदेखि मतदाता नामावली संकलन शुरु भएका पालिकाहरुमा पौष ८ गते सम्म सो कार्य जारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

नेपाली नागरिकता लिएका १६ बर्ष पुगेका नेपाली नागरिकहरुलाई आफ्नो स्थानीय तहको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । 

यसअघि मंसिर १७ गतेदेखि मंसिर २६ गते सम्म ५ ओटा स्थानीय तहमा सो कार्य गरिएको थियो । ५ ओटा स्थानीय तहमा २ हजार ६०९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन अधिकारी फुँयालले बताए । सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा २१८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका उनले बताए । 

फोटो सहितको मतदाता नामावली संकलन बिशेष कार्यक्रम अन्तर्गत पुर्चौंडी नगरपालिकामा १ हजार २३८ जना, मेलौली नगरपालिकामा ५१४ जना, डिलाशैनी गाउँपालिकामा ४५३ जना, सिगास गाउँपालिकामा २८८ जना र पञ्चेश्वर गाउँपालिकामा ११६ जनाले नाम दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update