बैतडी –बैतडीमा आफ्नै बुहारीमाथि बलात्कार आरोप लागेका सिगास गाउँपालिकाका मानसिंह धामी फरार भएका छन् । बुहारीमाथि बलात्कार आरोप लागेपछि उनी फरार भएका हुन् ।
आफ्नै बुहारीमाथि बलात्कार गरेर बुहारी गर्भवती भएपछि उनले बलात्कार गरेको कुरा बाहिर आएको थियो । तर प्रहरीमा भने बलात्कारको मुद्दा नभनेकाले प्रहरीले सो मुद्दामा अनुसन्धान नगरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
ससुराबाट बलात्कृत ती बुहारीले आज जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरेको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराले बताए । अदालतले अब २१ दिने म्याद जारी गर्ने उनले बताए ।
गत बर्ष ती महिलाकी छोरीमाथि पनि बलात्कार भएको थियो । ती किशोरीकै जन्मदर्ताका आधारमा मुद्दा दर्ता भएको हो ।
यसअघि ती महिलालाई सिगास गाउँपालिका वडा नं ५ को कार्यालयले सिफारिश नदिँदा मुद्दा दर्ता भएको थिएन् ।