बैतडी–बैतडीको देहीमाण्डौ र आसपासका क्षेत्रमा अप्टिकल फाइबर विस्तार गर्न माग गरिएको छ । दशरथचन्द वडा नं २ को कार्यालय र स्थानीयहरुले आज नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटालाई आज ज्ञापन पत्र समेत बुझाएका छन् ।
देहीमाण्डौं क्षेत्रमा ल्याण्डलाइन र अप्टिकल फाइबरको लाइन सुचारु गर्न पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएपछि तेश्रो पटक ज्ञापन पत्र बुझाएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।
सदरमुकाम नजिकैको बजार क्षेत्रमा ल्याण्डलाइन र अप्टिकल फाइबर विस्तार नगरेकाले टेलिकमको ध्यानाकर्षण गराएको नेपाली कांग्रेस प्रदेश क्षेत्र (ख) का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।
ज्ञापन पत्र बुझ्दै नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले स्थानीयहरुको माग सम्बोधनका लागि आफ्नो तर्फबाट हुने पहल गर्ने बताए ।