Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा छड्के अनुगमन शुरु 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले छड्के अनुगमन शुरु गरेको छ । जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरुलाई प्रभावकारी बनाउन छड्के अनुगमन शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको नेतृत्वमा सरकारी कार्यालयहरुमा छड्के अनुगमन शुरु गरिएको हो । सोमबारदेखि शुरु भएको अनुगमन अन्तर्गत ६ ओटा कार्यालयमा अनुगमन गरिएको उनले बताए । 

Atrya hospital

सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउन अनुगमन शुरु गरिएको हो । अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालयमा एक जना र जिल्ला मालपोत कार्यालयमा २ जना कर्मचारी बिना जानकारी अनुपस्थित भएको पाइएको छ । उनीहरुलाई स्पष्टीकरण समेत सोधिएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै आज कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन गरिएको सूचना अधिकारी भारतीले बताए । 

अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरु नै बिना जानकारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुलाई पनि स्पष्टीकरण सोधिने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update