Sagun Khabar
बैतडीको सरस्वती संस्कृत माविमा तालाबन्दी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ६ नगतडीस्थित सरस्वती संस्कृत माविमा तालाबन्दी गरिएको छ । कर्मचारी भर्नाका बिषयमा असहमति जनाउँदै स्थानीयहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । कर्मचारी छनौट र भर्नामा अनियमितता भएको भन्दै स्थानीयहरुले विद्यालयमा तालाबन्दी गरेको स्थानीय कुर्वन्त पन्तले जानकारी दिए । 

विद्यालयमा शैक्षिक गुणस्तर खस्किँदै गएको र शिक्षक र कर्मचारी भर्ना समेत अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका छन् । 

Atrya hospital

यो बिषयमा दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले विद्यालयमा तालाबन्दी भएको बिषयमा जानकारी आएको र आज विद्यालय व्यवस्थापन समितिले छलफल गरेर समसस्या समाधान गर्ने बताए । 

दशरथचन्द नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गजेन्द्रसिंह रावल नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएकाले उनले विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल गर्ने शिक्षा शाखा प्रमुख नाथले बताए । स्थानीयहरुले गएको ५ दिनदेखि विद्यालयमा तालाबन्दी गरेको बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update