Sagun Khabar
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सदस्यमा बैतडीका २० जना 
Atrya hospital

बैतडी– नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनले २२३ जना प्रदेश कमिटि सदस्य चयन गरेको छ । प्रदेश कमिटिको पहिले बैठकले पदाधिकारी चयन गर्ने निर्णय सहित २२३ जना प्रदेश कमिटि सदस्य चयन गरेको नेकपा माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्ट ( आदित्य)ले बताए ।

पदाधिकारीमा सहमति हुन नसकेपछि बैठकले छिनोफानो गर्ने निर्णय भएको हो । प्रदेश कमिटि सदस्यमा बैतडीका प्रेमप्रकाश भट्ट, रणबहादुर कुँवर, भुवनचन्द्र विक, धर्मसिंह ऐर, शंकर भण्डारी, नवराज भट्ट, विक्रम कुँवर, जस्वीरसिंह साउँद, ईश्वरीदत्त भट्ट र स्वेता भट्ट प्रदेश कमिटि सदस्यमा चयन भएका छन् । 

यस्तै मदनराज बडु, लक्ष्मी ओड, पार्वती नेगी, द्रोपती भट्ट, नन्दा शाह, राधिका खड्का, नरेन्द्र साउँद र लोकेन्द्र राना प्रदेश कमिटि सदस्यमा चयन भएका संयोजक भट्टले बताए । यस्तै एकजना दलित र एकजना महिला सदस्य पछि थपिने उनले बताए ।  
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update