Sagun Khabar
बैतडीमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम 

बैतडी– जिल्ला निर्वाचन कार्यालयले बैतडीमा विद्यार्थीहरुलाई मतदाता शिक्षा दिन थालेको छ । जिल्लाका १० ओटा स्थानीय तहका १० ओटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । 

आगामी निर्वाचनहरुमा बदर मतको संख्या कम होस भन्ने हेतुले विद्यार्थीहरुलाई मतदाता शिक्षा दिन थालिएको फुँयालले बताए । उनले भने ‘विद्यार्थीहरुले मतदानका बारेमा थाहा पाएपछि घरपरिवारमा सिकाउलान भन्ने उद्देश्य हो । त्यसैले हामीले विद्यार्थीहरुलाई मतदाता शिक्षा दिन थालेका हौं ।’

Atrya hospital

जिल्लाको पुर्चौंडी नगरपालिकास्थित डिलेश्वरी मावि हाटमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईसकेको र अन्य विद्यालयमा पनि निकट भविष्यमै सो कार्यक्रम सञ्चालन हुने फुँयालले बताए । एक स्थानीय तहको एक विद्यालयमा सो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई मतदाता शिक्षा दिने गरिएको उनले बताए । 

निर्वाचन आयोगको बार्षिका कार्यक्रम अनुसार विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन थालिएको हो । गत बर्ष जिल्लाका १० ओटै स्थानीय तहका १५ ओटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update